गोला प्रक्रिया पारदर्शी छ : कामु प्रधानन्यायाधीश कार्की
काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्ने कार्य पारदर्शी भएको बताउनुभएको छ । कानून दिवसका अवसरमा सर्वोच्च बार एसोसिएनले आज आयोजना गरेको कार्यक्रममा उहाँले मुद्दाको पेसी व्यवस्थापन गर्ने कार्यक्रम गोला प्रक्रिया निष्पक्ष र पारदर्शी भएको बताए ।
“न्यायपालिकामा धेरै समस्या छ, त्यसमा पनि जिल्ला र उच्चमा भन्दा सर्वोच्च अदालतमा बढी समस्या छ”, कामु प्रधानन्यायाधीश कार्कीले भनिन्, “गोला प्रक्रियाबाट मुद्दाको पेसी व्यवस्थापन गर्न सुरु गरेपछि पारदर्शीता भएको छ ।” उनले न्यायपालिकाप्रति जनताको आशा भरोसा दिलाउनका लागि सबैले साथ दिनुपर्ने बताए ।
महान्यायाधिवक्ता खम्मबहादुर खातीले समयसापेक्ष संशोधन गर्नुपर्ने ऐन कानूनहरु संशोधन गरेर सेवाग्राहीलाई छिटो न्याय दिनुपर्नेमा सबैको ध्यान जानुपर्ने र न्यायकर्मीले बानी, व्यवहार र आचरण सुधार गर्नुपर्ने जरुरी रहेको बताए ।
नेपाल बार एसोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायालयमा विकृति, विसङ्गति रहेको हुँदा त्यसको अन्त्यका लागि विधिको शासन कायम गर्न सबैले कसम खानुपर्नेमा जोड दिए । एकै खाले मुद्दाहरुलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्नुपर्ने उनको भनाइ थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया