विश्वको सबैभन्दा लामो कलम, उठाउन मात्रै ५ जना चाहिने
काठमाडौं । विश्वको सबैभन्दा ठूलो बलपोइन्ट पेनले गिनिज वल्ड रेकर्डमा कीर्तिमान राखेकाे छ । यो कीर्तिमानको श्रेय भारतका आचार्य मकुनारी श्रीनिवासलाई जान्छ । उनले यस कलममा भारतीय पौराणिक कथाका दृश्यहरू पनि कोरेका छन् ।
यो संसारको सबैभन्दा ठूलो बलपोइन्ट पेन हो । यसकाे ५.५ मिटर अर्थात् १८.५३ फिट लामो र ३७.२३ किलोग्राम तौल रहेको छ । यो एक साधारण बलपोइन्ट पेन भन्दा ३८ गुणा ठूलो छ ।
गिनिज वल्ड रेकर्ड्सले पनि आफ्नो इन्स्टाग्राम पेजमा यो पेनको भिडियो सेयर गरेको छ ।
यो कलम सन् २०११ अप्रिल २४ मा दक्षिण भारतको हैदराबादमा सार्वजनिक गरिएको थियो । विश्वमा सबैभन्दा पहिला बलपोइन्ट कलम लेडिस्लाव जोस बिरोले आविष्कार गरेका हुन् ।
कीर्तिमानको अवसरमा बोल्दै कलमका निर्माता आचार्यले भने, ‘म सानै छँदा मेरी आमाले लेख्नको लागि कलम दिनुहुन्थ्यो । एक दिन म संसारको सबैभन्दा विचित्र कलम डिजाइन गर्नेछु भनेर कल्पना गर्न म त्यो कलम प्रयोग गर्थे ।’
कलमको विशेषता बताउँदै आचार्यले तामाबाट बनेको कलममा ९ प्रकारका भारतीय नृत्य तथा वाद्य यन्त्र कुँदिएको बताए ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया