दसैं–तिहारबाहेक लगातार दुई दिन सार्वजनिक बिदा परे तेस्रो दिनदेखि कार्यालय

काठमाडौं । लामो बिदाका कारण सेवा प्रवाहमा आइपर्ने जटिलताको सम्भावनालाई सहज गर्न महत्त्वपूर्ण र आधारभूत सेवा प्रदान गर्ने कार्यालयमा लगातार दुई दिनभन्दा बढी बिदा नदिने व्यवस्था सरकारले लागू गरेको छ । तर यो व्यवस्था दसैं र तिहारका हकमा भने लागू नहुने भनिएको छ ।
दसैं र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सेवा प्रवाह गर्ने अस्पताल र स्वास्थ्य चौधी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत्, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, कन्ख्सुलर सेवा, राहदानी सेवा, हुलाक, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन, बैंकिङ सेवा, आन्तरिक राजस्व, भूमिसुधार, मालपोत तथा नापी कार्यालय, भन्सार कार्यालय र स्थानीय तहले तेस्रो दिनदेखि सेवा प्रवाहको व्यवस्था मिलाउने’ राजपत्रमा प्रकाशित निर्णयमा उल्लेख छ । लगातार दुई दिनभन्दा बढी परेको सार्वजनिक बिदामा काम गर्ने कर्मचारी सट्टा बिदा पाउने पनि राजपत्रमा उल्लेख छ ।
ताजा अपडेट
-
भन्सार विधेयक राष्ट्रिय सभाबाट पारित
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
प्रतिक्रिया