महाभियोगबारे छलफल गर्न एमाले संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध सत्तासीन दलले संसदमा पेश गरेको महाभियोग प्रस्तावबारे छलफल गर्न एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा अहिले बिहान ११ बजे बैठक बस्ने एमालेले जनाएको छ ।
प्रधानन्यायाधीशविरुद्ध सत्तासीन दलले छापामार शैलीमा महाभियोगको प्रस्ताव ल्याएपछि एमाले असन्तुष्ट छ । सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले चुनाव भाँड्ने र प्रतिपक्ष–सत्तपक्षबीचको दूरी बढाउने षड्यन्त्र भएको बताइसकेका छन् ।
आइतबार बसेको एमाले सचिवालय बैठकले प्रधानन्यायाधीशविरुद्धको महाभियोग असफल पार्ने निर्णय लिइसकेको छ । आज बस्ने संसदीय दलको बैठक पार्टी अध्यक्ष ओलीले पार्टीको रणनीति र योजनाबारे सांसदहरूलाई निर्देशन दिने अनुमान गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया