सर्वोच्चको फुलकोर्ट बैठकमा विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्नेबारे छलफल
काठमाडौं । सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फुलकोर्ट) मा विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने विषयमा छलफल भएको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा आज बसेको बैठकमा सर्वोच्च अदालतमा भएका विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने तथा न्यायिक सुधारका विषयमा चाल्नुपर्ने विधिबारे छलफल भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
बैठकमा न्यायाधीश तिलप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने तथा न्यायिक सुधारका लागि चाल्नुपर्ने विविध उपाय विषयका आफ्नो कार्ययोजना प्रस्तुत गरे । उक्त प्रस्तुतिपछि कायममुकायम प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूले आ–आफ्नो धारणा राखेका थिए ।
बैठकले न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ संयोजक रहेको मुद्दा व्यवस्थापन समितिलाई आवश्यक गृहकार्य गरी सुधारका मार्गचित्रसहितको कार्ययोजना तयार गर्ने जिम्मेवारी प्रदान गरेको निर्णय गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया