‘एकान्तमा’ म्युजिक भिडियो सार्वजनिक
काठमाडाैं । गीतकार अगम विकरालको ‘एकान्तमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दार्जिलिङको मिरिकमा छायांकन भएको भिडियोमा प्रतिमा लिम्बू र मनेन्द्र गोर्खाको अभिनय रहेको छ ।
मेलिना राईको स्वर रहेको गीतमा नुहाङ राईको संगीत र फणिन्द्र राईको ‘एरेञ्ज’ रहेको छ । ‘एकान्तमा तिम्रो यादले सताउँछ उसैगरी’, ‘छुट्यो बाटो, टुट्यो सपना’, ‘कति कति सम्झनामा ती पुराना क्षणहरु’लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।
म्युजिक भिडियोको निर्देशन पनि संगीतकार राईले नै गरेका हुन । गीतकार विकरालका यसअघि पनि केही म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । रोजगारीको सिलसिलामा हाल दक्षिण कोरियामा रहेका विकरालले करिब एक दर्जन गीत रेकर्ड गराएका छन्। उनको ‘नसम्झिने वाचासँगै’ गीत लोकप्रिय छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया