हिरासतबाटै प्रधानमन्त्री र गृहमन्त्रीलाई फोन गरेपछि छुटे धर्मेन्द्र

काठमाडौं । बुटबलमा भएको विस्फोट र चुनाव बहिष्कारसम्बन्धी विषयमा संग्लग्नताको आशंकामा पक्राउ परेका नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोला छुटेका छन् ।
दाङको भालुवाङबाट आज बिहान पक्राउ परेका बाँस्तोलालाई सोधपुछपछि छोडिएको उनीनिकट स्रोतले जनाएको छ ।
नेता बाँस्तोलाले सोधपुछका क्रममा आफ्नो पार्टीले स्थानीय चुनाव विथोल्ने खालका क्रियाकलाप नगर्ने प्रतिबद्धता जनाएपछि छोडिएको हो ।
स्रोतका अनुसार नेता बाँस्तोलाले हिरासतबाटै प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग फोनमा कुरा गरेका थिए । त्यसपछि लचिलो भएर प्रहरीले छोडेको बताइएको छ ।
यसैबीच, नेता बाँस्तोला पक्राउ परेलगत्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट अलग भएर बनेको नेकपा (बहुमत) ले स्थानीय तह निर्वाचन बहिस्कार गर्ने पार्टीको कुनै नीति नरहेको प्रष्ट पारेको थियो ।
नेता बाँस्तोला दाङमा पक्राउ परेको केही बेरपछि विज्ञप्ति जारी गर्दै सो पार्टीले निर्वाचन बहिस्कार गर्ने कुनै नीति नरहेको प्रष्ट पारेको हो ।
निर्वाचन बहिस्कार गर्ने नीति छैन : नेकपा (बहुमत) – NepalWatch
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया