देउवाको वडामा १४ शेरबहादुर देउवा, १० शेरबहादुर र २ शेर

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा यतिखेर डडेल्धुरामा छन् । डडेल्धुरा देउवाको गृहजिल्ला हो । यही गृहजिल्लाबाट देउवाले २०४८ यताका सबै संसदीय र दुईपटकको संविधानसभा निर्वाचनमा जितेका छन् ।
स्थानीय तहको निर्वाचन आउन पाँच दिन अघि नै देउवा गृहजिल्ला डडेल्धुरामा पुगेका हुन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका १, रुवाखोला केन्द्रमा भोट खसालेर मात्रै देउवाको राजधानी काठमाडौं फर्किने कार्यक्रम छ । देउवाले अशिग्राम मावि रुवाखोलामा भोट खसाल्नेछन् । भोट खसालेलगत्तै उनी काठमाडौं फर्किनेछन् ।
तर रुवाखोलामा देउवासँगै भोट हाल्ने अन्य उनैसँग नाम थर मिल्ने १३ जना अन्य शेरबहादुर देउवा छन् । अरु १० जना शेरबहादर छन् । तर उनीहरूको थर अलग छ । गन्यापधुरा १ को अर्को मतदान केन्द्रमा पनि एक जना शेरबहादुर कामी नामका मतदाता छन् ।
यसरी देउवा मतदाता रहेको गन्यापधुरा १ मा मात्रै २४ जना शेरबहादुर मतदाता रहेका हुन् । जसमा १३ जना शेरबहादुर देउवाको नाम प्रधानमन्त्री शेरबहादुर देउवासँगै मिल्ने देखिन्छ । अरु १० जना भने नाम शेरबहादुर भए पनि थर अरु नै छ । शेरनाथ र शेर महता गरी अरु दुईजना पनि छन् ।
प्रधानमन्त्रीसँग नाम मिलेकाको सहजताको निर्वाचन आयोगका कर्मचारीलाई तीन पुस्ते विवरण पनि हेर्नुपर्ने भएको छ ।
एक जना ७८ वर्षका बाहेक सबै शेरबहादुर देउवा प्रधानमन्त्री देउवाभन्दा कम उमेरका छन् । जहाँ शेर नामका ३१ देखि ७८ वर्षसम्मका मतदाता छन् ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया