नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी बिक्री खुला

काठमाडाैं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले आजबाट ७९ हजार ८७३ कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँको दरले सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
यसमा असार १ गतेभित्र बिक्री प्रबन्धक एनआईबीएल एस लाजिम्पाट, काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया