प्राइम, युनियन र गुँरासबीच मर्जरका लागि सम्झौता

काठमाडाैं । प्राइम लाइफ, युनियन लाइफ र गुँरास लाइफ इन्स्योरेन्सबीच मर्जरको लागि सम्झौता भएको छ । बिहीबार यी तीन कम्पनीबीच मर्जरका लागि सम्झौता भएको हो ।
बीमा समितिले चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याएपछि यी तीन कम्पनी मर्जरमा जान लागेको हो । तीन वटै बीमा कम्पनी गाभिएपछि १:१ अनुपातमा गाभिए भने कुल चुक्तापुँजी ७ अर्ब १ करोड ३८ लाख ६६ हजार रुपैयाँ पुग्ने छ ।
चालु आवको चैत मसान्तसम्म प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ रहेको छ । यस्तै युनियन लाइफको २ अर्ब १५ करोड र गुँरास लाइफको २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ ।
चालु आवको तेस्रो त्रैमासमा आइपुग्दा प्राइम लाइफ इन्स्योरेन्सको नाफा १८ करोड ९५ लाख ४३ हजार रुपैयाँ रहेको छ । नौ महिनाको अवधिमा कम्पनीको जीवन बीमा कोषमा १७ अर्ब ६३ करोड ११ लाख ३७ हजार रूपैयाँ रहेको छ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया