स्थानीय सरकारका प्रतिनिधि जनताको सेवक बन्नुपर्छ : श्रममन्त्री श्रेष्ठ
दमाैली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्थानीय तह निर्वाचनअन्तर्गत आज मतदान गरेका छन् । उनले तनहुँको व्यास नगरपालिका-४ स्थित मदर्सा आधारभूत विद्यालय मतदानस्थलमा मतदान गरेका हुन्।
मतदान गरेपछि मन्त्री श्रेष्ठले स्थानीय सरकारका प्रतिनिधि जनताको सेवक बन्नुपर्नेमा जोड दिए । जनप्रतिनिधि प्रशासक नभइ जनताको सेवकको रुपमा रहनुपर्ने उनको भनाइ थियो ।
सबैभन्दा तल्लो तहको सरकार भएकाले सिहंदरबार गाउँ-गाउँमा भन्ने नारालाई यथार्थमा उर्तानका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने मन्त्री श्रेष्ठले बताए। विगत पाँच वर्षको स्थानीय तहको कार्यकाल केही कमजोरीबाहेक सुखद रहेको उनले उल्लेख गरे ।
आजको महत्वपूर्ण दिनमा उत्साहपूर्ण रुपमा मतदानमा सहभागी हुन मन्त्री श्रेष्ठले आम जनतालाई आग्रह गरेका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया