चिलीमा गोली प्रहारबाट पत्रकार मारिइन्
सान्टियागो । चिलीको राजधानी सान्टियागोमा मे दिवसको क्रममा भएको विरोध प्रदर्शनको समयमा भएको गोली प्रहारको कारण एक पत्रकार मारिएका बिहीबार अस्पतालका अधिकारीले जानकारी दिएका छन् ।
गोली प्रहारमा परी तीस वर्षीया फ्रान्सिस्का स्यान्डोभलको मृत्यु भएको हाे । मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित युनियनको प्रदर्शनका क्रममा भएको हिंसात्मक झडपमा स्यान्डोभलको टाउकोमा गोली लागेको थियो । गोली लागेर अन्य दुईजना घाइते भएका थिए ।
उनको उपचार गरिएको अस्पतालको सघन हेरचाहका प्रमुख डेनियल रोड्रिगेजले स्यान्डोभलको गोली प्रहार पछि मस्तिष्कमा भएकाे रक्तस्रावका कारण मृत्यु भएको एक विज्ञप्तिमाार्फत बताएका छन् ।
गत साता गोली प्रहार गर्ने तीन जना अभियुक्त पक्राउ परेका थिए र स्यान्डोभललाई गोली हानेको शंकास्पद व्यक्तिलाई हत्या र अवैध हतियार राखेको अभियोगमा पूर्व परीक्षण हिरासतमा राखिएको थियो ।
वामपन्थी राष्ट्रपति गेब्रियल बोरिकले बिहीबार दिउँसो एक ट्वीटमा स्यान्डोभलको परिवारप्रति संवेदना व्यक्त गर्दै अपराधको लागि ‘दण्डबाट मुक्त हुन नदिने’ वाचा गरेका छन् । स्यान्डोभलको मृत्युको खबर आएलगत्तै राजधानीमा मैनबत्ती र पत्रकारको तस्बिर राखेर विभिन्न कार्यक्रमहरु भएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया