गोविन्दराज जोशीका छोरा कुटिएकाे व्यासमा पुनः मतदान हुने

काठमाडौं । तनहुँको व्यास नगरपालिका–८ स्थित दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार गरिएको मतदान प्रक्रिया रद्द गरी पुनः मतदान गर्ने निर्णय गरेको हो ।
मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जेठ ४ गते दुईवटा मतदान केन्द्रमा पुनः मतदान गरिने जानकारी दिए । उक्त मतदान केन्द्रमा पुनः मतदान भएपछि मात्रै व्यास नगरपालिकाको मतगणना कार्य अगाडि बढाउने आयोगले निर्णय गरेको छ ।
गाविस भवन फेदी मतदान केन्द्रमा व्यास नगरपालिकाका प्रमुखका स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीका छोरासमेत रहेका दीपकराज जोशीमाथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते जोशीको हाल काठमाडौँस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया