पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य सरकारले फेरि बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको शनिबारको बैठकले पेट्रोलिय पदार्थको मूल्यमा भारी वृद्धि गर्ने निर्णय लिएको हो ।
निगमका अनुसार, डिजेल, पेट्रोल र मट्टितेल प्रतिलिटर समान १०–१० रूपैयाँ वृद्धि गरिएको छ । यसअघि वृद्धि गरिएको खाना पकाउने एलपी ग्यासको मूल्य भने यसपटक समायोजन गरिएको छैन ।
योसँगै उपभोक्ताले अब पेट्रोलमा प्रतिलिटर १७० र डिजेल–मट्टितेलमा समान १५३ रुपैयाँ तिर्नुपर्ने भएको छ ।
नयाँ मूल्य आजै राति १२ बजेबाट लागू हुनेछ ।
प्रतिक्रिया