सर्वदलीय बैठकको निर्णय : संसद् खुलाउन पहल गर्ने सहमति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निरन्तर अवरोध गर्दै आएको संसद्लाई सुचारु गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा सहमति भएको छ ।
आज सिंहदरबारमा बसेको बैठकमा संसद्को गतिरोध अन्त्य गर्ने विषयमा दलहरूबीच सहमति भएको सभामुख अग्निप्रसाद सापकोटाले बताए ।
‘आजको बैठकबाट संसद सुचारु गर्न गम्भीर पहल गर्ने सहमति भएको छ,’ बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘सदन सुचारु गर्नका लागि पहल गर्नेबारे महत्वपूर्ण रूपमा छलफलसमेत भएको छ ।’
सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी एमाले भने सहभागी थिएन ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया