आरोप लगाउने एमालेमाथि गगनको आक्रोश

काठमाडौं । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा धाँधली गरेको आरोप लगाउने एमालेप्रति कांग्रेस महामन्त्री गगन थापाले आक्रोश व्यक्त गरेका छन् ।
मतदानसम्म ठीक भन्ने मतगणनाको प्रारम्भमा पनि ठीक भन्ने तर प्रारम्भिक विवरण आउन थालपछि एमालेले सामान्य धैर्यता पनि नराखी प्रश्न उठाएर मतदाताप्रति अपमान गरेको आरोप लगाएका हुन् ।
‘मतदानसम्म ठीक,मतगणनाको प्रारम्भमा पनि ठीक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा (एमाले)ले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो।’ थापाले सामाजिक संजालमा लेखेका छन् ।
एमाले सचिव महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै निर्वाचन, निर्वाचनमा र मतदानका क्रममासमेत सत्तारुढ दलले धाँधली गरेको आरोप लगाएका थिए ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया