भरतपुरमा रोचक प्रतिस्पर्धा : रेनु दाहाल ३० मतले पछि परिन्
काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल पछि परेकी छिन् । निर्वाचन कार्यलय चितवनले दिएको पछिल्लो जानकारी अनुसार एमाले उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् ।
८ हजार ६०० मत गणना हुँदा सुवेदीले ३ हजार ७६ मतसहित अग्रता लिएका हुन् । उनका निकटतम प्रतिस्पर्धी दाहालले ३ हजार ४६ मत पाएकी छिन् । सोमबार रातिसम्म दाहाल झिनो मतले अगाडि थिइन् । १ र २ वडाको मत गणना गरी ३ मा पुग्दा सुवेदीले अग्रता लिएका हुन् । सुवेदीको मतान्तरण जम्मा ३० मत रहेको छ ।
उपमेयरमा गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले अग्रता कायमै राखेका छन् । अधिकारीले ३ हजार ३०० मत पाउँदा राप्रपका उम्मेदवार हिमला गुरुङले २ हजार ४०० मत पाएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया