एमाले र कांग्रेस कार्यकर्ताबीच झडपपछि ३ म्यादी प्रहरीमाथि खुकुरी हानियो
काठमाडौं । बाजुरामा म्यादी प्रहरीमाथि खुकुरी प्रहार भएको छ । सदरमुकाम मार्तडी बुढीगंगा ४ का २० वर्षीय म्यादी प्रहरी पुष्प कटुवालमाथि खकुरी प्रहार भएको हो ।
घाइते कटुवालकोे टाउकोमा ५ ओटा टाका लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साथै, अन्य दुई म्यादी प्रहरी हर्क सुनार र सुनिल थापा पनि घाइते भएका छन् । उनीहरूको अवस्था भने अवस्था सामान्य रहेको छ ।
खुकुरी प्रहारमा संलग्न रहेको आरोपमा बडिमालिका नगरपालिका २ का अन्दाजी २० वर्षीया नरेन्द्र नाथ र सोही ठाउँका अन्दाजी २० वर्षीया लोकन्द्र कार्कीलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । बोगटीले बताए।
मार्तडीमा नेकपा एमाले र नेपाली कांग्रेस कार्याकर्ताबीच झडप तथा ढुंगा हानाहान भएको थियो । सोही बेला म्यादी प्रहरीमाथि खुकुरी प्रहार भएको हो । तर, खुकुरी प्रहार कुन पार्टीका कार्यकर्ताले गरेको भन्ने खुलेको छैन ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया