विराटनगरको प्रमुखमा कांग्रेसका कोइरालाको अग्रता कायमै
काठमाडाैं । विराटनगर महानगरपालिकाको प्रमुख पदमा आज प्राप्त पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले चार हजार ९९६, नेकपा एमालेका सागर थापाले तीन हजार ५१८ र स्वतन्त्र उम्मेदवार (लाल्टिन) का उमेश यादवले एक हजार ६१९ मत प्राप्त गरेको बताए ।
यसैगरी उपप्रमुखमा नेकपा एमालेका शिल्पा निरौला कार्कीले तीन हजार ९९६, गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले दुई हजार ९३३, राप्रपाका विन्दाकुमारी लुइँटेल आचार्यले ९६५ मत प्राप्त गरेका छन् ।
विराटनगर वडा नं १७ को वडाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका समिम कमर मियाँले एक हजार ४५० मत ल्याएर विजयी भएका छन् । यस्तै १९ को वडाअध्यक्षमा एमालेका श्याम घिमिरेले ९८७ मत ल्याएर विजयी भएका छन्
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया