अनौठो संयोग : एमालेबाट जित्दा १८३८ मत, फुटपछि समाजवादीबाट जित्दा तेब्बर १८३० मत
काठमाडौं । एमालेको बलियो प्रभाव रहेको ललितपुरमा माधव नेपाल नेतृत्वको नेकपा समाजवादीका नेता अविश्वनीय मत ल्याएर वडाअध्यक्षमा विजयी भएका छन् ।
ललितपुर २ बाट वडाअध्यक्षमा जितेका राजेशकुमार महर्जनको हकमा अनौठो संयोग बन्न पुगेको छ ।
अघिल्लो निर्वाचनमा एमालेबाट यही वडामा महर्जनले १८३८ मत ल्याएर विजयी भएका थिए । यसपटक पनि महर्जन १८३० मत ल्याएर विजयी भएका हुन् ।
तर यसपटक फरक संयोग रह्यो । एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीसँग फुटेर उम्मेदवार बन्दा महर्जनले एमालेका नेतालाई शर्मनाक हार चखाएका छन् । १८३० ल्याएर विजयी हुँदा एमाले उम्मेदवारले ६०४ मत मात्रै ल्याए ।
एमालेको तुलनामा समाजवादीका महर्जनले ल्याएको मत तेब्बरभन्दा पनि बढी हो । वडा अध्यक्षमा गठबन्धन नै नहुँदा कांग्रेसका विनयप्रसाद जोशीको ५६० मत आएको छ ।
ललितपुर ३ बाट नेकपा एसकै श्रीगोपाल महर्जन वडाध्यक्षमा निर्वाचित भएका छन् ।
महानगरमा हरिकृष्ण ब्यञ्जनकारविरूद्द चिरिबाबु महर्जनले तेब्बर मतले अग्रता लिइरहेका छन् ।
ललितपुरमा एमालेको बिजोग, चिरिबाबुले ३२४ मत ल्याउँदा एमालेका हरिकृष्णलाई ५२ मत !
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया