तान्जानियामा ट्राफिक नियम उल्लंघन गर्ने अठार हजार चालक पक्राउ
दार अस सलाम । तान्जानियामा सरकारी अधिकारीहरूले १८ हजारभन्दा बढीलाई पक्राउ गरिएको दाबी गरेका छन् ।
ट्राफिक नियमको उलङ्घन गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको सरकारी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।
तान्जानियाको ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार प्रहरीले १८ हजार ४ सय १० जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई दुई महिनाभन्दा कम समयमा पक्राउ गरिएको हो । तान्जानियामा पछिल्लो समय ट्राफिक प्रहरीले चेक जाँचमा कडाइ गरेको छ भने नियम कार्यान्वयन गराउन प्रहरीले सक्रियता बढाएको छ ।
तान्जानियाको ट्राफिक प्रहरीका कमान्डर विल्ब्रौड मुताफुङवाले पक्राउ परेका चालकलाई ट्राफिक नियमको पालना गर्ने प्रतिवद्धता गराएर र अन्य तोकिए अनुसारको कारबाही गरेर छाड्ने गरिएको जानकारी दिए ।
चेकजाँचको कार्य देशभर नै भइरहेको पनि उनले बताए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया