भोटेकोशीकाे अध्यक्ष र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार पासाङ नाेर्बु लामा र दिछेन शेर्पा निर्वाचित भएका छन् ।
पासाङ नाेर्बुले २ हजार ६०५ मत र उपाध्यक्षमा निर्वाचित दिछेन शेर्पाले २ हजार ७१२ मत ल्याएका छन् ।
अध्यक्ष पदका लागि प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत कुमार खड्काले २ हजार ४८ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवार राज कुमार पौडेलले १ हजार ९१८ मत पाए ।
यसैगरी उपाध्यक्ष पदमा प्रतिस्पर्धी नेकपा एमालेकी सुन्तली माया श्रेष्ठले २ हजार ५५३ मत पाएकी छन् । यसैगरी माओवादी केन्द्रकी उपाध्यक्ष उम्मेदवार आशा गुरुङ शेर्पाको पक्षमा १ हजार ६१२ मत परेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया