शरीर र मस्तिष्कलाई स्वस्थ राख्न पुरुषका लागि ५ टिप्स
काठमाडाैँ । फिटनेसको परिभाषा पुरुष र महिलाको फरक–फरक हुँदैन । दुवैका लागि यो आवश्यक हुन्छ । शारीरिक फिटनेसले शरीर र मस्तिष्क दुवैलाई स्वस्थ राख्न मद्दत गर्छ । नियमित व्यायामले केवल मांसपेशीमा ऊर्जा ल्याउने मात्र काम गर्दैन, यसले रोग प्रतिरोधी क्षमता पनि बढेर जान्छ ।
बढी आरामबाट बच्नुस्
आधुनिक र आरामको जीवनशैलीले पुरुषमा २० वर्षपछि मुटुरोगको खतरा बढेर जाने गर्छ । जसले आराम मात्र खोज्छ, व्यायाम गर्न अल्छी गर्छ, जंक तथा प्याकिङ फुडको मात्र प्रयोग गर्छ, त्यस्ता मानिसमा कोलेस्ट्रोल र निम्न घनत्ववाला लिप्रोटिनको स्तर रगतमा बढेर जाने गर्छ । अनि शरीरमा एलडिएलको मात्रा पनि कम हुन्छ । एचडिएलको मात्रा बढाउन नियमित व्यायाम गर्नुपर्छ ।
रक्तचाप सामान्य राख्नुस्
कडा प्रतिस्पर्धाबाट उत्पन्न हुने निराशापना र तनावका कारण पुरुषमा उच्च रक्तचाप सामान्य हुँदै गएको छ । त्यसैले नियमित व्यायामबाट रक्तचापलाई सामान्य अवस्थामा राख्नुपर्छ । यसले हृदयाघात र मुटुरोगको खतरा पनि कम गर्न मद्दत गर्छ ।
स्वस्थ रक्तसञ्चार
जब तपाईं एक्सरसाइज गर्नुहुन्छ, तबसम्म शरीरमा रक्तसञ्चार निकै तेज हुन्छ । शरीरमा आवश्यकताअनुसार रगत फैलने र संकुचन हुने गर्छ । तर, जब मानिस आरामको जीवन जिउन थाल्छ र कुनै श्रम र व्यायाम गर्दैन, उसको रगतको धमनीमा कोलेस्ट्रोल जम्मा हुन्छ र रक्तधमनी संकुचन भएर जान्छ । अन्ततः यही नै हृदयघातको कारण बन्ने गर्छ ।
बिरामीबाट बच्नुस्
अस्वस्थकर जीवनशैली र अव्यवस्थित खानपानका कारण मधुमेह, क्यान्सर, अर्थराइटिस, हृदयरोग, पेटलगायतका समस्या बढेर जाने गर्छ । यस्ता रोगबाट बच्ने प्रयास गर्नुपर्छ । यसका लागि पनि नियमित व्यायामको आवश्यकता पर्छ ।
तौल कम गर्नुस्
तौल बढ्दा केयौँ प्रकारका रोगले आक्रमण गर्छ । त्यसैले सधैँ तौललाई नियन्त्रणमा राख्नुपर्छ । तौललाई नियन्त्रणमा राख्दा मुटुसम्बन्धी रोगको सम्भावना पनि कम हुन्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया