बाबुराम भट्टराईको गृहनगरमा माओवादी विजयी

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको गृहनगर गोरखाको पालङटार नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा माओवादी केन्द्र विजयी भएको छ ।
त्यहाँ माओवादीविरुद्ध जनता समाजवादी र एमालेबीच गठबन्धन भएको थियो । तर मेयर र उपमेयर दुवैमा माओवादी केन्द्रका क्रमशः विवश चिन्तन र वन्दता पाण्डेको पल्लाभारी भएको छ ।
मेयरमा विजयी चिन्तनले ६०७२ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादीका प्रेमबहादुर गुरुङ ५७१७ मतमा रोकिए ।
कांग्रेसका दीपकबाबु कँडेलले ४९९७ मत पाए ।
उपमेयरमा निर्वाचित वन्दना पाण्डेले ५५७९ मतका साथ जित दर्ता गराउँदा उनको नजिककी प्रतिस्पर्धी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५०७७ ल्याइन् ।
ताजा अपडेट
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
-
चिरखुवा खोलामा साढे पाँच करोडमा पक्की पुल
प्रतिक्रिया