सुनसहित एक पक्राउ
झापा । प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भिर्याउदै गरेको २८ लाख रुपैयाँ बढीको सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा कैलाली घर भई हाल दमक नगरपालिका–२ बस्ने ३३ वर्षीय धीरेन्द्र जैसी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
जैसीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मङ्गलबार मेचीनगर–६ स्थित पुरानो मेची पुलछेउबाट पक्राउ गरेको हो ।
जैसीको साथबाट बरामद गरिएको ३४९ दशमलव ७०० ग्राम सुन हालको बजार मूल्यअनुसार २८ लाख ८७ हजार १८२ रकम बराबरको रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नविनराज राईले बताए ।
पक्राउ गरिएका जैसीलाई सुनसहित मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया