सुनसहित एक पक्राउ

झापा । प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भिर्याउदै गरेको २८ लाख रुपैयाँ बढीको सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा कैलाली घर भई हाल दमक नगरपालिका–२ बस्ने ३३ वर्षीय धीरेन्द्र जैसी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
जैसीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मङ्गलबार मेचीनगर–६ स्थित पुरानो मेची पुलछेउबाट पक्राउ गरेको हो ।
जैसीको साथबाट बरामद गरिएको ३४९ दशमलव ७०० ग्राम सुन हालको बजार मूल्यअनुसार २८ लाख ८७ हजार १८२ रकम बराबरको रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नविनराज राईले बताए ।
पक्राउ गरिएका जैसीलाई सुनसहित मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया