यसरी फैलिएको रहेछ बालेनकी छोरी जन्मिएको हल्ला !
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरमा अग्रता लिइरहेका बालेन शाहकी छोरी जन्मिएको खबर आज एकैछिनमा सनसनी रुपमा फैलियो ।
केही नाम चलेका अनलाइनले समेत यो समाचारलाई प्राथमिकताका साथ लेखे । यसैलाई पत्याएर धेरैले बालेन र उनकी श्रीमती सविना काफ्लेको तस्बिर राखेर शुभकामनासमेत दिए । कतिले त यसलाई मेयरका लागि शुभ संकेतको रुपमा अथ्र्याए ।
वास्तविकता यस्तो :
तर, यसको वास्तविकता भने अर्कै रहेको छ । बालेनका दाइ कौशलकी छोरी जन्मेको भने सत्य हो । एक अनलाइनले बालेनलाई फोन गर्दा उनले ‘छोरी जन्मिएकाले म हस्पिटलमा छु’ भनेका थिए ।
सामान्यतया, दाजुभाइका छोराछोरीलाई पनि छोराछोरी नै भन्ने नेपाली परस्परा छ । यसै सामान्य सामाजिक परिवेशलाई नबुझी हतारमा गलत समाचार बनाएको पाइएको छ । र, अरु मिडियाले त्यसैलाई कपी गर्न पुगे ।
हेरौं एक अनलाइनको हेडलाइन :

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया