धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार हमाललाई दोब्बर मतको अग्रता
काठमाडौं । धनगढी उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रता दोब्बर पारेका छन् ।
मतगणनाको सुरुवातदेखि नै अग्रता लिँदै आएका हमालले ४२ हजार ३३० मतगणना हुँदा आफ्नो अग्रता दोब्बर पारेका हुन् ।
प्राप्त पछिल्लो मतपरिणामअनुसार, हमालले १९ हजार १४७ मत ल्याएका छन् । कांग्रेसका नृपबहादुर ओडको पक्षमा ९ हजार ५५७ मत मात्रै खसेको छ ।
हमाल र ओडबीचको मत अन्तर ९ हजार ५५७ छ ।
नेकपा एमालेका रणबहादुर चन्दले ४६६४ मत हासिल गरेका छन् ।
उपमेयरतर्फ माओवादी केन्द्रकी शान्ति अधिकारीले ८८१५ मत हासिल गरेकी छन् । एमालेकी चन्दकला रानाले ८१४१ मत पाएकी छन् ।
स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीको मत ५०३६ छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया