काठमाडौंको सोल्टीमोडमा यात्रुवाहक बस ठोक्किए, केही घाइते

काठमाडौं । काठमाडौंको सोल्टीमोडमा दुई यात्रुवाहक बस आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा केही यात्रु घाइते भएका छन् ।
कालीमाटीबाट कलंकीतर्फ गइरहेको चन्द्रागिरि यातायात र विपरीत दिशाबाट आइरहेको संयुक्त यातायातको बस आपसमा ठोक्किएका हुन् ।
घटनामा केही यात्रु घाइते भएका छन् । घाइतेमध्ये एकको खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बसको अगाडिको सिसा फुटेको र यसको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया