नगराइन नगरप्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले
जनकपुर । धनुषाको नगराइन नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।
निर्वाचन अधिकृत सुदीपकुमार दङ्गालका अनुसार नगरप्रमुख कांग्रेसका विनयकुमार यादव पाँच हजार ५५६ मत ल्याएर विजयी भएको छ ।
उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका रामबाबु पंजियारले पाँच हजार ५१४ मत प्राप्त गरे । उपप्रमुखमा एमालेका राधादेवी यादव पाँच हजार ७३० मत प्राप्त गरी विजयी भइन् । उनका निकटम प्रतिस्पर्धी कांग्रेसका रञ्जुकुमारी साहले पाँच हजार ५२३ मत ल्याइन् ।
यस्तै सिरहाको धनगढीमाई नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
नगरपप्रमुखमा एमालेका शिवशङ्कर महतो सात हजार ५६ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेस जिल्ला सभापति तथा पूर्वसांसद रामचन्द्र यादवले छ हजार ९०१ मत प्राप्त गरे ।
पूर्वनगरप्रमुख नेकपा (माओवादी केन्द्र) का हरिनारायण चौधरीले चार हजार ३६९ मत प्राप्त गरे ।
यस्तै उपप्रमुखमा कांग्रेसका संगीताकुमारी चौधरीले छ हजार ६१३ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शोभाकुमारी बरालले छ हजार ३७८ मत प्राप्त गरिन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया