शिक्षक कर्मचारीको पोशाक परिवर्तन

काठमाडौं । शिक्षा मन्त्रालयले सरकारी विद्यालयमा अध्यापन गराइरहेका शिक्षक कर्मचारीको पोशाक परिवर्तन गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी नयाँ सूचना अनुसार उक्त पोशाक चालु सत्रभित्र कार्यान्वयन गर्न आदेश दिएको छ ।
उक्त सूचनामा उल्लेख गरिएअनुसार शिक्षक कर्मचारीले अब गाढा खैरो रंगको सुट, कोट र पाइन्ट, हल्का निलो रङका कमिज, कलेजी रङको स्वीटर र कालो रङको जुत्ता लगाउनुपर्नेछ । यो पोशाक महिला र पुरुष दुवैको हकमा लागू हुने जनाइएको छ ।
तर, महिलाहरुले लगाउँदै आएको साडी, ब्लाउज, कुर्ता सुरुवालमा भने परिवर्तृन नगरिएको सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया