हायात होटलबाट ८५ करोडको डिल, कांग्रेस नेतासहित आठ पक्राउ
काठमाडौं । यूरोनियमको कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले कांग्रेसका नेता नवराज महतसहित आठ जनालाई पक्राउ गरेको छ ।
प्रहरीको बिशेष ब्यूरोले सोमबार हायात होटलबाट दुई केजी आठ सय ग्राम युरोनियम बरामद गरी त्यसमा संलग्नहरलाई पक्राउ गरेको हो ।
सो यूरोनियम भारतमा बिक्रिका लागि प्रतिकेजी ३५ करोडमा डिल भएको थियो । साढे दुई किलाको करिब ८५ करोड रुपैयाँमा कारोबारको डिल भएको प्रहरीको दाबी छ ।
सुरुमा प्रहरीले महत र भूपेन्द्र खड्कालाई पक्राउ गरेको थियो । थप ६ जना पछि पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । महत ललितपुर कांग्रेसका नेता हुन् ।
पक्राउ पर्ने अन्यमा सिन्धुपाल्चोकका रामकृष्ण लामिछाने, सिराहाका गोपिलाल दास, जिवछ नारायण यादब, महोत्तरीका सुरेन्द्र चौरी, भारतका उपेन्द्र कुमार मिश्र र महोत्तरीका राजु ठाकुर छन् ।
उनीहरुबाट बा ५ च ८२०९ नम्बरको कार पनि प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेकालाई ‘रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अन्र्तगत मुद्धामा सात दिनको म्यादथप अनुमति लिई प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको एसपी मैनालीले जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया