को हुन् बलात्कारको आरोप लागेका पाण्डे ?
काठमाडौं । सुन्दरी प्रतियोगितामा एकजना प्रतियोगीलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे यतिबेला सबैको केन्द्रविन्दूमा छन् । बलात्कारको आरोप लागेसँगै यतिबेला उनी सञ्चालित मोडल ग्लोबल भिसा कन्सल्टेन्सीको वेबसाइट पनि बन्द गरिएको छ ।
उक्त वेबसाइटमा जाँदा अहिले साइटको ब्याण्डविथ खपत बढी भएको सूचना आउँछ । कन्सल्टेन्सीको साइटमात्रै नभएर यतिबेला त्यहाँको सामाजिक सञ्जालको पेज पनि बन्द गरिएको छ । पाण्डे उक्त कन्सल्टेन्सीका सञ्चालक हुन् । बानेश्वरस्थित उक्त कन्सल्टेन्सीको कार्यालय छ । तर, अहिले सञ्चालकलाई बलात्कारको आरोप लागेसँगै उक्त साइट नखुल्ने भएको हो ।
ती युवतीले आठ वर्षअघि पाण्डेले आफूलाई बलात्कार गरेकोबारे भिडियोमार्फत सार्वजनिक गरेसँगै प्रहरीले पाण्डेलाई पक्राउ गरिसकेको छ ।
उक्त घटनाको छानबिनका लागि गृहमन्त्री बालकृष्ण खाडको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुवँरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया