भारतको बिहारमा आँधिबाट ३३ को मृत्यु
बिहार । भारतीय पूर्वी राज्य बिहारमा आएको आँधिमा परेर कम्तीमा पनि ३३ जनाको ज्यान गएको छ । बिहीबारदेखि भारी वर्षासहित आएको आँधिले यहाँ जनधनको ठूलो क्षति भएको पनि बताइएको छ ।
बिहार राज्यका मुख्मन्त्री नितिश कुमारलाई उद्धृत गर्दै यहाँका स्थानीय सञ्चारमाध्यमहरुले दिएको समाचारअनुसार बिहीबारदेखि सुरु भएको वर्षा तथा हावाहुरीले यहाँका ३३ जनाको ज्यान लिएको छ ।
यस राज्यका करिब १६ जिल्लामा आँधिले असर गरेको छ । सो आँधीमा परेर सयौं घर भत्काइदिएको छ भने अरु भौतिक संरचनामा पनि क्षति पुगेको छ ।
भत्किएका घरको पुननिर्माणका साथै अन्य सहायताका लागि यहाँका सुरक्षा निकायहरुलाई मुख्यमन्त्रीको कार्यालयले निर्देशन दिएको बताइएको छ ।
साथै मुख्यमन्त्रीको कार्यालयले उक्त आँधिमा परेर ज्यान गुमाएका व्यक्तिहरुका परिवारलाई ४ लाख भारतीय रुपैयाँ सहयता दिने घोषणा पनि गरेको समाचारमा जनाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आँधिले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया