सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो
चितवन । विश्व सिमसार दिवसको अवसरमा १९ प्रजातिका बिरुवा रोपिएको छ । चितवन राष्ट्रिय निकुञ्जले बाघमारा मध्यवर्ति सामुदायिक वनमा वृक्षारोपण गरेको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज १०० बिरुवा रोपिएको छ । सामुदायिक वनको खाली ठाउँमा बिरुवा रोप्ने काम निरन्तर हुनेछ । उनले आज सुरुवात गरिएको बताउँदै निरन्तर रोप्दै जाने जानकारी दिए ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) सौराहाका का प्रमुख बाबुराम लामिछाने, होटल व्यवसायी संघका अध्यक्ष दीपक भट्टराई, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङलगायतको सहभागिता थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया