NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

करेन्ट लागेर शिखर इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीको मृत्यु

काठमाडाैं ।  भरतपुरमा करेन्ट लागेर शिखर इन्सुरेन्स कम्पनी कार्यरत कर्मचारीको मृत्यु भएको छ । भरतपुर-१० कटहर चोक बस्ने ३५ वर्षीय सकुन्तला पौडेल सुवेदीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार दिउँसो सवा १ बजे भरतपुर १० बालमन्दिर रोड स्थित मोडको घरको तेश्रो तल्लामा सञ्चालन रहेको बीमा कम्पनीको बाहिर पट्टी झुण्ड्याएर राखिएको फ्लेक्स बोर्ड झिक्ने क्रममा अचानक करेन्ट सट भई आगोलागी हुँदा पौडेलसंगै अर्का कर्मचारी तरुण थापा पनि घाइते भएका थिए ।

उनीहरुको उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा सुवेदीको बाटोमै मृत्यु भएको अस्पतालले घोषणा गरेको हो। घाइते थापाको
उपचारको लागी नयाँ मेडीकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।