पाण्डेविरुद्ध मानव बेचबिखन र बालबालिकाविरुद्ध कसुरमा मुद्दा दर्ता
काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेविरुद्ध प्रहरीले मानव बेचविखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसुरमा दुईवटा जाहेरी दर्ता गरेको छ ।
मिस ग्लोबल प्रतियोगिताका क्रममा एक नाबालिगलाई नशालु पदार्थ खुवाई होटलमा लगेर बलात्कार गरेको आरोप लागेपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको थियो । पाण्डे पक्राउ परेपछि अर्की किशाेरी पनि प्रहरीसमक्ष पुगेकी थिइन् ।
साैन्दर्य प्रतियाेगिताकाे क्रममा बलात्कार भएकाे भन्दै टिकटकबाट घटना सार्वजनिक गरेकी युवतीकाे जाहेरी मानव बेचविखन तथा ओसारपसार र अर्की पीडित किशाेरीकाे जाहेरी बालबालिकाविरूद्धकाे कसुरअन्तर्गत दर्ता गरिएकाे छ ।
घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा र देशका विभिन्न सहरमा दाेषीकाे कारबाहीकाे माग गर्दै प्रदर्शन भएकाे थियाे ।
याेसँगै बिहीबार सांसदहरूले संसदमा कुरा उठाएपछि सरकारलाई छानबिन गर्न सभामुख अग्नी सापकोटाले निर्देशन दिएका थिए ।
घटनाबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेर अनुसन्धान अघि बढाएको थियो । पाण्डेलाई प्रहरीले शनिबार स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया