बलात्कार आरोपी मनोज पाण्डे पक्राउ
काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको छ । पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
बिहीबार सांसदहरूले संसदमा कुरा उठाएपछि सरकारलाई छानबिन गर्न सभामुख अग्नी सापकोटाले निर्देशन दिएका थिए । घटनाबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वको बनेको समितिमा समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् ।
बुधबार राति टिकटकमा ‘सुसी खान जाने हो’ भन्ने एकाउन्टबाट ती किशोरीले प्रतियोगितामा सहभागी हुने क्रममा आफू माथि पटकपटक बलात्कार भएको घटना सार्वजनिक गरेकी थिइन् ।
उनले ०७१ सालमा भएको मिस ग्लोबल प्रतियोगिताका क्रममा कन्सल्टेन्सी सञ्चालकले बलात्कार गरेको खुलाएकी छन् । त्यसमा ती युवतीले आफूमाथि भएको बलात्कार र पीडकहरुबारे पूर्वमिस नेपाल माल्भिका सुब्बालाई पनि जानकारी दिए पनि उनले आफूलाई सहयोग नगरेको भनेकी थिइन् । यसपछि ती किशोरीको न्यायका लागि र दोषीमाथि कारबाहीको माग गर्दै राजधानीलगायतका मुख्य सहरहरुमा प्रदर्शन भइरहेको छ ।
पीडितले भोगेको पीडाका लागि आफू पनि जिम्मेवार भएको भन्दै माफि मागिन् माल्भिका सुब्बाले
यौनशोषण भएकाे भनिएकी युवतीको आरोप : माल्भिका दिदीले याे मेरो विषय होइन भन्नुभयो
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया