सरकारको नीति तथा कार्यक्रम आज
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७९–८० का लागि आफ्नो नीीत तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ ।
१५ जेठमा बजेट र त्यसपूर्व नीति तथा कार्यक्रम ल्याउनुपर्ने संवैधानिक प्रावधानअनुसार आज प्रस्तुत गर्न लागिएको हो ।
नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नेछिन् । त्यसका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज अपराह्न ४ बजे बस्दैछ ।
यसपटक सरकारले आर्थिक विकास, कोरोनापछिको पुनरुत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक–सामाजिक उन्नयनलगायतलाई प्राथमिकतामा राखेको बताइएको छ ।
संघ र प्रदेशमा आगामी मंसिरमा स्थानीय तह निर्वाचन हुने भएकाले नीति तथा कार्यक्रम र बजेटमा यसलाई पनि समेटिने छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया