श्रीलङ्का र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन
काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलङ्का र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
समितिको आज बसेको बैठकले प्रस्तावित राजदूतद्वय श्रीलङ्काका लागि वासुदेव मिश्र र डेनमार्कका लागि प्रा डा रामस्वार्थ रायको नाम अनुमोदन गरेको हो ।
सरकारले प्रस्ताव गरेका २० जना राजदूतमध्ये मिश्र र रायका विषयमा उजुरी परेको थियो । उजुरी नपरेका १८ जनाको नाम यसअघि नै अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
प्रस्तावित दुवै राजदूतमाथिको उजुरीमा औचित्य नदेखिएकाले बैठकले सर्वसम्मतिले अनुमोदन गरेको उनले सुनाए । राजदूतको नाम अनुमोदनमा उपस्थित शतप्रतिशत सांसदले छलफलमा भाग लिई अनुमोदन गरेको हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया