NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

महावीर पुनलाई पोर्चुगलमा सम्मान

लिस्बन । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक महावीर पुनलाई पोर्चुगलमा सम्मान गरिएको छ । युरोप भ्रमणमा रहेका पुनलाई म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) पोर्चुगलले राजधानी लिस्बनमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

पुनले खोज, अनुसन्धान, आविष्कार र प्रविधिको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सङ्घले सम्मान गरेको हो । सो अवसरमा डा पुनसँग अन्तरक्रियासमेत गरिएको थियो ।

कार्यक्रममा पुनले आफूले गरेको काम, भावी योजना र राष्ट्रिय आविष्कार केन्द्रले गरेका गतिविधिका विषयमा प्रस्तुति दिएका थिए । केन्द्रले ड्रोन, कृषिसम्बन्धी सामग्री, शिक्षा, स्वास्थ्य सामग्री, खाद्यान्न, पेय पदार्थ, रोबोटलगायतका विभिन्न नयाँ–नयाँ अनुसन्धान र आविष्कारको काम गरिरहेको सो अवसरमा उनले जानकारी गराएका थिए ।

नेपाली युवालाई विदेशिनबाट रोक्नका लागि स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्ने धारणा राख्दै पु्नले रोजगारी सिर्जनाका लागि देश समृद्ध हुनुपर्ने बताए ।