सरकारकाे नीति तथा कार्यक्रम चास्नीमा नडुबाएकाे जेरी जस्ताे : ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी ओलीले सरकारको नीति तथा कार्यक्रम चास्नीमा नराखेको गुजुल्टिएको जेरी भएको टिप्पणी गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि बिहीबार संसदलाई सम्बोधन गर्दै उनले अर्थहीन शब्दजालले जेलिएको र जनता अलमलाउने खेल भएको टिप्पणी गरेका हुन् ।
प्रतिनिधिसभामा बोल्दै बिहीबार अध्यक्ष ओलीले जनताका समस्या सम्बोधन गर्ने तथा समस्या समाधान हुने किसिमको नीति तथा कार्यक्रम नभएको टिप्पणी गरेका छन् । योसँगै उनले स्थानीय निकायको चुनावमा सत्तापक्षले बुथ कब्जा गरेर चुनाव जितेका आरोप लगाएका छन् ।
‘सरकारको नीति तथा कार्यक्रम चास्नीमा नरोखको जेरी जस्तै गुजुल्टिएको छ । केही मिलेको छैन । जनता झुक्याउने शब्दजालमात्र छ, अर्थ न बर्थको गोविन्द गाई जस्तै छ’, ओलीले आलोचना गर्दै भने, ‘नीति तथा कार्यक्रमले भ्रष्टचारलाई प्रसय दिने, गैरजिम्मेवार प्रवृत्ति, राजनीतिलाई अस्थिर बनाउने खालको छ । अस्थिरताको घोषणापत्रको रुपमा नीति तथा कार्यक्रम आएको छ ।’
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया