भरतपुरमा धम्की र पैसाको भरमा माओवादीले चुनाव जित्यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा धम्की र पैसाको भरमा माओवादीले चुनाव जितेको आरोप लगाएका छन् । बिहीबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले चुनाव अघि प्रचण्डले दिएको अभिव्यक्तिमाथि आक्रोस पोखे ।
‘एक जना नेताले छोरीलाई भोट नदिए देश दुर्घटनामा जाने जनतालाई धम्की दिए । मतदातालाई प्रलोभन देखाइयो, पैसा बाँडियो’, ओलीले प्रचण्डको नाम उल्लेख नगरी भने, ‘नेताको धम्कीबाट जनताले युद्धकाल सम्झिए, अंगभंग भएको अनि घिसार्दै लगेर मारिएको सम्झिए । त्यो त्रासले भोट हाल्न बाध्य भए ।’
ओलीले सत्तापक्षका नेताले कांग्रेसले नजिते बजेटै नपठाउने खुलियाम धम्की दिनु कत्तिको जायज हो भनि प्रश्न गरे । प्रधानमन्त्रीज्यूको वडामा रुख पराजित भएको स्मरण गराउँदै त्यहाँ अब बजेट जान्छ कि जाँदैन भनि प्रधानमन्त्रीमाथि उनले प्रश्न तेस्र्याए ।
ताजा अपडेट
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
-
निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक
-
पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस
प्रतिक्रिया