भरतपुरमा धम्की र पैसाको भरमा माओवादीले चुनाव जित्यो : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा धम्की र पैसाको भरमा माओवादीले चुनाव जितेको आरोप लगाएका छन् । बिहीबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले चुनाव अघि प्रचण्डले दिएको अभिव्यक्तिमाथि आक्रोस पोखे ।
‘एक जना नेताले छोरीलाई भोट नदिए देश दुर्घटनामा जाने जनतालाई धम्की दिए । मतदातालाई प्रलोभन देखाइयो, पैसा बाँडियो’, ओलीले प्रचण्डको नाम उल्लेख नगरी भने, ‘नेताको धम्कीबाट जनताले युद्धकाल सम्झिए, अंगभंग भएको अनि घिसार्दै लगेर मारिएको सम्झिए । त्यो त्रासले भोट हाल्न बाध्य भए ।’
ओलीले सत्तापक्षका नेताले कांग्रेसले नजिते बजेटै नपठाउने खुलियाम धम्की दिनु कत्तिको जायज हो भनि प्रश्न गरे । प्रधानमन्त्रीज्यूको वडामा रुख पराजित भएको स्मरण गराउँदै त्यहाँ अब बजेट जान्छ कि जाँदैन भनि प्रधानमन्त्रीमाथि उनले प्रश्न तेस्र्याए ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया