यी हुन् फोर्ब्सको प्रभावशाली युवाको सूचीमा परेका नेपाली वैज्ञानिक
काठमाडौं । विश्वप्रसिद्ध अमेरिकी म्यागजिन फोर्ब्सको प्रभावशाली युवाको सूचीमा पाँच नेपाली युवा परेका छन् । तीमध्ये एक काठमाडौंको मैतीदेवीका सुमित दाहाल हुन् ।
२७ वर्षीय युवा सुमित नासामा रहेका नेपाली वैज्ञानिक हुन् । उनी नासामा काम गर्ने एकमात्र युवा वैज्ञानिक रहेको पारिवारिक स्रोतको दाबी छ ।
गोडार्ड स्पेस फ्लाइट सेन्टरका एक्सपेरिमेन्टल एस्ट्रोफिजिसिस्ट र पोस्टडक्टरेट फेलोसमेत हुन् सुमित । उनले ब्रह्माण्डको उत्पत्ति र विकासको अध्ययनका लागि टेलिस्कोप निर्माण गरेका छन् ।
ब्रम्हाण्डको सुरुवाती चरणको माइक्रेवेभ अवशेष खोज तथा अनुसन्धानमा सुमितले चिलीको अटाकामा मरुभूमिमा तीनवटा माइक्रोवेभ टेलिस्कोप स्थापना गरेका छन् ।
माइक्रोवभ टेलिस्कोपमा प्रयोग हुने अति संवेदनशील ‘सुपरकन्डक्टिङ सेन्सर’ विकासमा उनी सक्रिय छन् ।
सुमितले काठमाडौंको एभिएम स्कुलबाट माध्यमिक तहको अध्ययन गरेका थिए । त्यसपछि उनले प्लस टु बूढानिलकण्ठ स्कुलबाट गरेका थिए । पढाइमा सर्वोत्कृष्ट हुँदै सानैदेखि छात्रवृत्ति पाएका उनले युइर्एको अबुधाबीस्थित न्युयोर्क युनिर्भसिटीबाट पोस्ट ग्राजुएट गरेका हुन् । त्यसपछि उनी विद्यावारिधि (पिएचडी) गर्न छात्रवृत्ति पाएरै अमेरिका गएका हुन् ।
फोर्ब्सको सूचीमा सुमितसँगै सुजित पाठक, नीरज काफ्ले, सन्तोष पाण्डे र ऐश्वर्यरानी सिंह पनि परेका छन् ।

को-को हुन् फोर्ब्सको प्रभावशाली सूचीमा पर्ने पाँच नेपाली ? – NepalWatch
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया