ग्यासको बुलेटमा लागेको आगो नियन्त्रणमा, सडक दुईतर्फी सञ्चालन
भरतपुर । चितवनको नारायणगढ-मुग्लिन सडक खण्डमा पर्ने पन्ध्र किलोमा दिउँसाे १ बजेतिर ग्यास बोकेको बुलेटमा लागेको आगो नियन्त्रणमा आएको छ । आगो नियन्त्रणमा आएपछि सडक दुईतर्फी सञ्चालन भएकाे छ ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको यूपी १७ एटी ८६२७ नम्बरको बुलेटकाे अगाडिकाे भागमा क्षति पुगे पनि ग्याँस सुरक्षित रहेकाे छ ।
बुलेटमा भारतको उडिसाकाे पैरवी ग्याँस कम्पनीबाट धादिङकाे श्रीराम ग्याँस उद्योगको लागि ग्यास ल्याइएकाे थियाे ।
नेपाली सेना, नेपाल प्रहरी र भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हाे । आगो नियन्त्रणमा लिने क्रममा नारायणगढ मुग्लिन सडकखण्डमा केही समय सवारी आवागमन रोकिएको थियो ।
बुलेट बिजुलीकाे पाेलमा ठाेक्किँदा आगलागी भएकाे चितवन प्रहरीले जनाएकाे छ ।
ताजा अपडेट
-
मानसरोवर यात्रा : रसुवागढी नाकामा बढ्यो चहलपहल
-
प्रधानमन्त्रीले चौथौपटक पाए विश्वासको मत
-
कांग्रेसले असंसदीय व्यवहार देखायो : प्रधानमन्त्री दाहाल
-
विश्वासको मत लिदै प्रधानमन्त्रीले भने, ‘कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ’
-
कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालले गरे विश्वासको मतसम्बन्धी प्रस्ताव पेस
प्रतिक्रिया