बससेवामार्फत् टिकट काट्ने तीन जनाले पाए सुनको असर्फी
काठमाडौं । अनलाइनमार्फत् बसको टिकट खरिद गर्ने तीन जनाले सुनको असर्फी पाएका छन् । सुनको असर्फी जित्न सफल भएकाहरुमा तनहुँका नविन जोशी, बुटवलका विक्रम ज्ञवाली र चितवनका मेघराज खड्का रहेका छन् ।
बससेवा डटकमले स्थानीय तहको निर्वाचनलार्ई लक्षित गर्दै अनलाइनमार्फत् टिकट बुकिङ गर्नेलाइ सुनको असर्फी जित्न याजना ल्याएकाे थियाे । यसैगरी २० जना यात्रुले क्यूएफएक्स मुभी टिकट जित्न सफल भएका छन् भने २७ जना यात्रुले अल्टिमेट वाटर एडभेन्चर्सको नारायणी नदिमा मोटरबोट टिकट प्राप्त गरेका छन् । उपहार विजेताहरु बुधवार गोलाप्रथामार्फत् चयन गरिएको थियो । गोलाप्रथा कार्यक्रमको प्रत्यक्ष प्रसारण बससेवाको फेसबुक पेजमार्फत् गरिएको थियो ।
अफरमा वैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म बससेवामार्फत् टिकट काट्ने यात्रु सहभागी रहेका थिए । बससेवाले आगामी दिनमा पनि यात्रु लक्षित विभिन्न अफर सार्वजनिक गर्दै लैजाने जनाएको छ ।
बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया