यौनहिंसा मुद्दाको उजुरीमा हदम्याद हटाउन संकल्प प्रस्ताव दर्ता

काठमाडौं । यौन हिंसासम्बन्धी उजुरीका लागि हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।
सभामा सांसद कमला पन्तको प्रस्तावलाई विमला राय पौड्याल, प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, बिमला घिमिरे, शेखरकुमार सिंह, मदनकुमारी शाह, तुलप्रसाद विश्वकर्मा र गंगाकुमारीले बेलबासेले दर्ता गराएका हुन् ।
तोकिएको हदम्यादका कारण पीडितले न्याय नपाउने र पीडकले सजाय नपाउने अवस्था भएकाले हदम्याद हटाउन संकल्प प्रस्तावमा भनिएको छ ।
संकल्पमा बालबालिकामाथि हुने यौन हिंसामा उजुरी दिने हदम्याद पूर्ण रुपमा हटाउने र अन्यको हकमा जघन्य अपराधमा उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्था पुनरावलोकन र पुनर्विचार गर्न संशोधन गर्ने माग गरिएको छ ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया