गरिमा विकास बैंकद्वारा रात्रिकालिन सूरक्षा बेल्ट हस्तान्तरण
काठमाडाैं । गरिमा विकास बैंकले जिल्ला प्रहरी कार्यालय, स्याङ्जालाई रात्रिकालिन सुरक्षा बेल्ट हस्तान्तरण गरेको छ । बैंकले उक्त क्षेत्रमा रात्रिकालिन समयमा खटिने ट्राफिक प्रहरीका लागि सुरक्षा बेल्ट हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले २७२ थान रात्रिकालिन सुरक्षा बेल्ट हस्तान्तरण गरे । बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत सो सुरक्षा बेल्ट हस्तान्तरण गरिएको हो ।
बैंकले हरेक बर्ष विभिन्न सामाजिक उत्तरदायित्वका काम गर्दै आइरहेको छ । हाल बैंकले नेपालभर १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं सुरक्षित सेवा प्रदान गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया