सेवाग्राहीबाट घुस लिने अमिन सरकारी क्वार्टरबाटै पक्राउ

काठमाडौं । सेवाग्राहीसँग घुस लिने नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझी फन्दामा परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार बिहान १०ः३० बजे सिद्धार्थनगर नगरपालिका–५ को ३ नं. नापी टोली कार्यालयको सरकारी क्वार्टरबाट रायमाझीलाई नियन्त्रणमा लिएको हो ।
अमिन रायमाझीले सेवाग्राहीको जग्गाको हाल साविक मिलाइदिने नाममा ३० हजार रूपैयाँ घुस लिएको खुलेको छ ।
अख्तियारको नियन्त्रणमा रहेका उनीमाथि अहिले अनुसन्धान चलिरहेको छ ।
ताजा अपडेट
-
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
-
अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो
-
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
-
यसवर्ष करिब ६० हजार जना डेंगुबाट सङ्क्रमित हुने अनुमान
-
टाटाको ७.७ डिल्स लाइक नेभर विफोर कार्यक्रम, भाग्यशाली विजेतालाई आइफोन १६ उपहार
प्रतिक्रिया