सेवाग्राहीबाट घुस लिने अमिन सरकारी क्वार्टरबाटै पक्राउ
काठमाडौं । सेवाग्राहीसँग घुस लिने नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझी फन्दामा परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार बिहान १०ः३० बजे सिद्धार्थनगर नगरपालिका–५ को ३ नं. नापी टोली कार्यालयको सरकारी क्वार्टरबाट रायमाझीलाई नियन्त्रणमा लिएको हो ।
अमिन रायमाझीले सेवाग्राहीको जग्गाको हाल साविक मिलाइदिने नाममा ३० हजार रूपैयाँ घुस लिएको खुलेको छ ।
अख्तियारको नियन्त्रणमा रहेका उनीमाथि अहिले अनुसन्धान चलिरहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया