सिभिल बैंक र एफवन सफ्ट इन्टरनेसनलबीच सम्झौता
काठमाडौं । सिभिल बैंक र एफ वन सफ्ट इन्टरनेसनलबीच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजीटल बैंकिङ सेवा तथा सुविधा सञ्चालनको लागि सम्झौता भएको छ ।
सम्झौता पत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल र एफ वन सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन् ।
बैंकले मोवाइल बैकिङ सुविधालाई अझ बढी सवल र सुदृढ बनाई ग्राहकहरुको सहज बित्तीय पहुँचलाई मध्यनजर गर्दै उक्त स्तरोन्नती गर्न लागेको जनाएको छ । बैंकका अनुसार अब गरिने स्तरोन्नती पश्चात बैंकका ग्राहकहरुले मोबाइल एपमार्फत नै बैंक खाता खोल्ने, पैसा पठाउने, खातामा पैसा जम्मा गर्ने, बैंक लोन लिने जस्ता सेवाहरुको उपयोग गर्न सकिने छ ।
बैंकले देशभर ११५ शाखा, १० एक्सटेन्सन काउन्टर तथा ९७ एटिएममार्फत सम्पुर्ण बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया