सुदूरपश्चिम प्रदेशसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरूले विगत वर्षका बजेट नीति कार्यक्रम बनाउँदा भएका कमीकमजोरीको समीक्षा गर्दै आगामी वर्षको बजेट नीति कार्यक्रम बनाउन ध्यानाकर्षण गराएका छन् ।
प्रदेशसभाको आजको बैठकमा सुरु भएको आर्थिक वर्ष २०७९-०८० को विनियोजन विधेयकमा समावेश हुने बजेट कार्यक्रमका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उहाँहरुले बजेट कार्यक्रमलाई समानुपातिक, समावेशी र सन्तुलित ढङ्गको बनाउन सुझाव दिए ।
उनीहरूले विगत वर्षको बजेटको नीति कार्यक्रमका लक्ष्य, उद्देश्य, सिद्धान्त उत्कृष्ट हुने गरे पनि त्यसको कार्यान्वयनको पाटो कमजोर देखिएकाले गम्भीर हुनुपर्ने र बजेट कार्यक्रम बनाउँदा वित्तीय अनुशासन कायम राख्ने खालको हुनुपर्नेलगायतका सुझाव पनि दिए ।
आजको छलफलमा प्रदेशसभा सदस्यहरू प्रेमप्रकाश भट्ट, भरतबहादुर खड्का, श्यामलाल रानाथारु, महेशदत्त जोशी, गेल्बुसिंह बोहरा, बलबहादुर सोडारी, हर्कबहादुर कुँवर, सुशीला बुढाथोकी, नन्दबहादुर साउद र बलदेव रेग्मीले भाग लिएका थिए । बैठकको प्रारम्भमा आर्थिक मामिलामन्त्री प्रकाश रावलले विनियोजन विधेयकमा समावेश हुने बजेट कार्यक्रमका सिद्धान्त र प्राथमिकता सभामा छलफल गरियोस् भनी पेश गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो ।
मन्त्री रावलले सोमबार सुरु भएको बजेट अधिवेशनको पहिलो दिनको बैठकमा आर्थिक वर्ष २०७९र०८० को विनियोजन विधेयकमा समावेश हुने बजेट कार्यक्रमका सिद्धान्त र प्राथिमकता पेश गरेका थिए ।
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया